नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको मंगलबार सम्पन्न १० औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा कमलेश मण्डलले २८ मत ल्याएर विजयी भएका छन्। एभि न्युज टेलिभिजन र सेतोपाटी महोत्तरीका संवाददाता मण्डल नेपाल प्रेस युनियन महोत्तरीका अध्यक्ष समेत हुन्।
उनले आफ्ना प्रतिद्वन्दी राकेश प्रसाद चौधरीलाई २० मतले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कुमारकान्त झाले बताए। त्यस्तै उपाध्यक्षमा नागेन्द्र कुमार कर्ण, सचिवमा महेश कुमार दास, कोषाध्यक्षमा अजय कुमार सिंह विजयी भए।
त्यस्तै केन्द्रीय पार्षदमा हरिप्रसाद मण्डल, विवेकानन्द झा र गोपाल प्रसाद बराल विजयी भए।
महासंघको महिला उपाध्यक्ष खुश्वु झा, सहसचिव पुरुषमा राम नारायण महतो, महिलामा सुनिता कुमारी र सदस्यहरुमा मेनुका श्रेष्ठ, नविन कुमार नवल, संजीत कुमार मण्डल र घनश्याम भगत र केन्द्रिय सभासदमा महिलातर्फ हेम कुमारी बराल निर्विरोध निर्वाचित भए।
३८ मतदाता रहेको महोत्तरी शाखामा मंगलबार अबेर सम्पन्न विर्वाचनमा जम्मा ३६ जनाले मतदान गरेका थिए।