स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा करिब २५० क्याम्पसको मतपरिणाम सार्वजनिक हुँदा ३५ महिला सभापतिमा निर्वाचित भएका छन्।
बुधबार भएको निर्वाचनमा धेरैजसो त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमध्ये धेरैको नतिजा आइसकेको छ।
अहिलेसम्म सबैभन्दा धेरै अनेरास्ववियुका तर्फबाट १८ महिला सभापतिमा जित हात पारेका छन्। नेपाल विद्यार्थी संघले १२ महिलालाई सभापतिमा निर्वाचित गरेको छ।
अखिल (क्रान्तिकारी)का तर्फबाट उम्मेद्वार बनेका ५ महिला सभापति बन्न सफल भएको छ।
अनेरास्ववियु
१) महाराजगन्ज नर्सिङ क्याम्पस- विमला धमला
२) दैलेख नारायण क्याम्पस- रेखा थापा
३) म्याग्दी बहुमुखी क्याम्प्स- म्याग्दी साबित्रा केसी
४) मिर्मी बहुमुखी क्याम्पस, स्याङ्जा- सरस्वती न्यौपाने
५) महाकाली बहुमुखी क्याम्पस, कंचनपुर- सुशीला चौधरी
६) चन्द्रकोट बहुमुखी क्याम्पस, गुल्मी -बिमला गौतम
७) नेपालगन्ज नर्सिङ क्याम्पस- शर्मिला थापा
८) त्रिदेव क्याम्पस, चारआली झापा- लक्ष्मी न्यौपाने
९) सेती क्याम्पस, बझाङ- बिमला अवस्थी
१०) मंगला शिक्षा क्याम्पस, बाबियाचौर- अनिषा भट्टराई
११) जालपादेवी क्याम्पस, पाख्रीवास धनकुटा- सावित्रा घिमिरे
१२) सिद्धार्थ सामुदायिक क्याम्पस, फेदीखोला, स्याङ्जा- प्रतिष्ठा कार्की
१३) खापरदेव क्याम्पस, बझाङ- पुजा कार्की
१४) खोटांग क्याम्पस, खोटाङ- सन्तोशी फुयाँल
१५) कानपुर क्याम्पस, काभ्रे- सुनिता तामाङ
१६) जनक क्याम्पस भकुन्डे काभ्रे - सरला दाहाल
१७) कृष्ण स्नातक लाली क्याम्पस, दार्चुला– कमला पन्त
१८) जितपुर क्याम्पस, धनकुटा -प्रतिमा श्रेष्ठ
नेविसंघ
१) प्रकाश बहुमुखी क्याम्पस, काभ्रे- तृष्णा पन्त उप्रेती
२) कोट्देउला जनआदर्श क्याम्पस, दैलेख- रमाकुमारी नेपाली
३) रुवाकोट महासिला क्याम्पस, पर्वत- सिर्जनामल्ल ठकुरी
४) जनसिद्धेश्वर क्याम्पस, बांके- चित्रकला पुन
५) श्री शंकरपुर क्याम्पस, दार्चुला- कमला पन्थ
६) खप्तड बहुमुखी क्याम्पस, तेह्रथुम- पवित्रा पौड्याल
७) आबुखैरेनी बहुमुखी क्याम्पस, तनहुँ- पुर्णिमा थापा
८) वीरगञ्ज नर्सिङ्क क्याम्पस, पर्सा- प्रसंशा पाण्डे
९) रोलेश्वर बहुमुखी क्याम्पस, कंचनपुर- आसा भट्ट
१०) पोखरा नर्सिङ्ग क्याम्पस, कास्की- अनामिका बस्नेत
११) तेह्रथुम छथर क्याम्पस, शुक्रबारे अध्यक्ष - पवित्रा पौडेल
१२) तनहुँ आदिकवि क्याम्पस अध्यक्ष - दुर्गा भण्डारी
अखिल क्रान्तिकारी
१) परोपकार आदर्श क्याम्पस ,गोरखा -मिना पन्त
२) परमानन्द बहुमुखी क्याम्पस, गुल्मी -शितल थापा
३) पुष्पलता बहुमुखी क्याम्पस, लमजुङ -संगीता भुजेल
४) गुराँस बहुमुखी क्याम्पस, सानोश्री ताराताल, बर्दिया -धनसरा ढकाल
५) जनज्योति क्याम्पस ,पुर्कोटदह,गुल्मी - सिर्जना घिमिरे