नेकपा एमालेले मेची महाकाली राष्ट्रिय अभियानकै सन्दर्भमा पार्टीको केन्द्रीय कमिटीमा तराई मधेस मूलका २१ जना नेतालाई केन्द्रीय कमिटीको पूर्ण र वैकल्पिक सदस्यमा मनोनयन गरेको छ।
पार्टी स्थायी कमिटीको शुक्रबार यहाँ सम्पन्न स्थायी कमिटी बैठकले सो मनोनयन गरेको एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
मनोनित पूर्ण केन्द्रीय सदस्यमा रघुवीर महासेठ, रामचन्द्र यादव, धर्मनाथ यादव, धर्मनाथ साह, रामदयाल मण्डल, रवीन्द्र् वैठा, यदुवंश झा, गङ्गा यादव, रामचन्द्र तेली, रत्नेश्वर गोइत, लालबाबु यादव र हरिनारायण महतो छन्। यस्तै वैकल्पिक केन्द्रीय सदस्यमा नारदमुनी राना, मञ्जु चौधरी, हरि राजवंशी, सरोज यादव, महम्मद हारुन, जुली महतो, शान्ता चौधरी र सरला यादव छन् । रासस