मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा नेकपा एमालेको सभा सुरु भएको छ। सभास्थलमा तीन/चार हजार एमाले कार्यकर्ता र शुभचिन्तक भेला भएका छन्।
ठाउँ ठाउँमा मधेसी मोर्चाको अवरोध छिचोल्दै एमाले कार्यकर्ता सभास्थल पुगेका हुन्। बाटोको छेउ र खेतमा बसेका मोर्चाका कार्यकर्ता एमाले नेता कार्यकर्ता सवार गाडी लक्षित गरी ढुंगा र गुलेलीले प्रहार गरेका थिए।
केहीबरेअघि इनरुवाको सभालाई सम्बोधन गर्दै सप्तरी आएका एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेता पनि केहीबेरमा कार्यक्रमस्थल पुगेका छन्।