फाइल फोटो
व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले भक्तपुरका पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणको काम सन्तोषजनक ढंमा अघि बढेको निष्कर्ष निकालेको छ।
भूकम्पपछि क्षतविक्षत भएका भक्तपुरका पुरातात्विक सम्पदाहरुको पुनिर्निर्माणबारे बुझ्न सोमबार भक्तपुर पुगेको विकास समितिको टोलीले पुनर्निर्माणको काम अपेक्षा गरेजसरी अघि बढ्न नसके पनि सन्तोषजनक भएको निष्कर्ष निकालेको हो। भक्तपुर दरबार स्वायर र चाँगुनारायण मन्दिरको अवलोकनपछि समितिका सभापति रवीन्द्र अधिकारीले पुनर्निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन जनशक्तिको अभाव देखिएको बताए।
अनुमगन टोलीमा सहभागी पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भक्तपुरका पुरातात्विक सम्पदाहरुको काम लक्ष्यअनुसार अघि बढेको दाबी गरेका छन्। अहिलेसम्म ३६ प्रतिशत काम सकिएकाले अबको असार महिनासम्ममा भक्तपुरका सबै सम्पदाहरुको पुनर्निर्माण भइसक्ने विश्वास व्यक्त गरे।
गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले उपत्यकाका अधिकांश धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक धरोहरहरुमा क्षति पुर्याएको छ। कतिपय पुरातात्विक सम्पदाहरु भने अझै कसरी बनाउने बन्ने विवाद छ।