सप्तरी घटनापछि देशमा उत्पन्न राजनीतिक परिस्थितिको समीक्षा लगायत समसामयिक विषयमा छलफल गर्न प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठक भर्खरै बालुवाटारमा सुरु भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु सहभागी छन्।