विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि मैदान किर्तिपुरमा भइरहेको नेपाल- केन्याबीचको खेल पानी परेर रोकिएको छ।
३६ अोभरमा ११२ रन जोड्न सफल नेपालले ५ विकेट गुमाइसकेको छ।
सोम्पाल कामी र शक्ति गौचन खेलिरहेका बेला पानी परेपछि खेल रोकिएको हो।
नेपालले टस हारेर पहिले ब्याटिङ गरेको हो।