कञ्चनपुरमा नेपाली नागरिक गोविन्द गौतमको हत्याको विरोधमा नेकपा माओवादी नेत्रविक्रम चन्द नेतृत्वले आह्वान गरेको बन्दका क्रममा आज विहान प्रहरीले विभिन्न स्थानबाट १३ बन्दकर्तालाई पक्राउ गरेको छ।
बन्द गराउँदै हिँडिरहेका अवस्थामा उनीहरूलाई पृथ्वीचोक र शिशुवबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए। पोखरामा मोटरसाइकल सञ्चालनमा आए पनि सार्वजनिक यातायातका सवारीसाधन, यस क्षेत्रका उद्योग, कलकारखाना र पसल भने बन्द रहेका छन् । रासस