विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि मैदान किर्तिपुरमा भइरहेको नेपाल- केन्याबीचको खेल हुँदै गर्दा फेरि पानी परेर खेल रोकिएको छ। २१ ओभर बेला ठूलो पानी परपछि खेल रोकिएको हो। अब अगाडि खेल खेलाउने वा सक्ने भन्ने बारे छलफल भइरहेको छ।
केन्यालाई जितका लागि ४६ बलमा २६ रन आवश्यक हुँदा पुनः पानी परेको छ। केन्याको ५ विकेट अझै बाँकी छ। केन्याली कप्तान राकेप पटेल हाल २५ रन बनाएर क्रिजमा छन्। बर्साका कारण खेल रोकिएको खण्डमा नेपाल डर्कवर्थ एन्ड लुइस नियमको आधारमा पराजित हुनेछ। डर्कवर्थ नियममा नेपाल ५ रनले केन्याको लक्ष्यभन्दा पछाडि छ।