पूर्वसहायकमन्त्री तथा कांग्रेस नेता रामहरि ढुंगेलको बुधबार राति निधन भएको छ। डिल्लीबजारस्थित आफ्नै डेरामा सुतेकै अवस्थामा उनी मृत अवस्थामा भेटिएका हुन्।
एक्लै बस्दै आएका ढुंगेलला राति केही असजिलो भएपछि हिमाल अस्पताल पुगेका उनलाई अस्पतालले ग्यास्टिकको समस्या भन्दै सामान्य औषधि दिएर फर्काएको थियो।
बिहान मात्र उनको मृत्युबारे थाहा भएको थियो।
पञ्चायतकालदेखि राजनीतिक आन्दोलनमा सक्रिय ढुंगेल विद्यार्थी संघदेखि कांग्रेसका विभिन्न तहमा बसेर राजनीतिमा क्रियाशील थिए।
२०५६ सालमा रामेछाप क्षेत्र नम्बर दुईबाट प्रत्यक्ष सांसदमा निर्वाचित ढुंगेल नेपाली कांग्रेस रामेछापको सदस्य, सचिव, सभापति हुँदै केही महिना कृषि सहायकमन्त्रीसमेत बनेका थिए।