युरोपा लिगअन्तर्गत इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र रुसी क्लब रोस्तोभबीच विहिबार राती (नेपाली समयअनुसार शुक्रबार बिहान) भएको खेलमा मैदानमा एउटा रमाइलो दृश्य देखा पर्यो।
म्यानचेस्टरको घरेलु ओल्ड ट्राफोडमा भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा रेड डेभिल्सका डिफेन्डर मार्कोस रोजो मैदानमै केरा खादै गरेको फेला परे। उनलाई हुँवा मार्टाले गोल गरेको तीन मिनेटपछि खेलको ७४ औं मिनेटमा एस्ले यङले केरा उपलब्ध गराएका थिए।
रोजो शुक्रबारको खेलमा प्रभावकारी पनि देखिए। त्यसैले धेरैले उनको शक्तिको स्रोत केरा भएको भन्दै ठट्टा गर्न भ्याए। तर, आलोचकहरुले यसलाई अमर्यादित व्यवहार भन्दै उनलाई कार्यवाही हुनु पर्ने बताएका छन्। यो घटनामा रोजाविरुद्ध अनुशाषनको आचारसहिंता पनि लागु हुनुपर्ने धेरैको भनाई छ। तर, रमाइलो कुरा, खेलको अन्त्यतिर म्यानचेस्टरका प्रशिक्षक जोसे माउरिन्होले बोक्रा छोड्याएको केरा मैदानमा खेलिरहेका खेलाडीलाई देखाउदै गरेको दृश्य पनि क्यामरामा कैद भएको छ।