निर्वाचन आयोगले निर्वाचनको तयारीको कामलाई तीव्र गतिमा अघि बढाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटगरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनको तयारीको कामलाई तीव्र गतिमा अघि बढाइएको जानकारी दिएका हुन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार विहान पुग्नु भएका प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनका लागि भईरहेका तयारीका विषयमा जानकारी गराए। निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक जनशक्ति र साग्रमी निर्माण तथा व्यवस्थापनको कामलाई तीव्र गतिमा अघि बढाएको छ । निर्वाचनको तयारीबारे प्रधानमन्त्रीलाई जानकारी दिइएको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए।
निर्वाचन आयोगले निर्वाचनमा सबै राजनीतिक दलहरुलाई भाग लिने वातावरण निर्माण गर्न पनि सरकारसँग आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले प्रधानमन्त्री दाहालसँग निर्वाचनमा सबै दलले स्वामित्व ग्रहण गर्ने वातावरण बनाउन पहल गर्न आग्रह गरे।
निर्वाचन आयोगले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन पनि सबैमा आग्रह गर्दै आएको छ । आयोगले अहिलेकै अवस्थामा तराई/मधेशमा निर्वाचन सम्पन्न गर्न सहज नभएको कुरा पनि प्रधानमन्त्रीलाई अवगत गराएको छ।
निर्वाचन आयोगले निर्वाचनमा उत्प्रेरणा जगाउने उद्देश्यका साथ देशभर २१ हजार मतदात शिक्षा स्वयम् सेवक परिचालन गर्ने तयारी पनि गरेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न पनि सरकार र राजनीतिक दलहरुलाई सचेत गराउँदै आएको छ । निर्वाचनलाई भयरहित, स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्न नागरिक समाजको समेत महत्वपूर्ण भूमिका हुने विश्वास पनि व्यक्त गरिएको छ ।