अफगानिस्तान पनि एकदिवसीय क्रिकेटमा दुई पल्ट ३ सयभन्दा बढी योगफल बनाउने देश बन्न पुगेको छ। भारतको ग्रेटर नोयडामा ५ एकदिवसीयको शृंखला खेल्न आएको अफगानिस्तानले आयरल्यान्डविरुद्ध हाल सञ्चालन भइरहेको दोस्रो एकदिवसीयमा ३ सय २८ रन बनाएको छ।
यसअघि अफगानिस्तानले २०१४ मा युएईविरुद्ध क्वालालम्पुरमा ५ विकेटको क्षतिमा ३ सय २ रन बनाएको थियो। आयरल्यान्डविरुद्ध पहिलो एकदिवसीय जितिसकेको अवस्थामा अफगानिस्तानका लागि आज कप्तान अस्गर स्टानिकजाईले १ सय १ रनको सतकीय इनिङ खेले। यस्तै रहमद शाहले ६८ रन बनाए। अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएको थियो।