मोरङमा मोटरसाइकलको ठक्करबाट गएराति कोसी हरैचा– ४ बस्ने रामविलास चौधरीको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुन्दरदुलारी– ६ मा गएराति १० बजे उनलाई को ५ प ८१३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।
घाइते चौधरीको धरानस्थित बिपी कोइराला प्रतिष्ठानमा उपचारको क्रममा राति मृत्यु भएको गछिया प्रहरी चौकीलाई उद्धुत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ। रासस