भारतीय कप्तान विराट कोहली फेरि कम स्कोरमा आउट भएका छन्। अस्ट्रेलियाविरुद्ध राचीमा भइरहेको तेस्रो टेस्टको शनिवार तेस्रो दिन कप्तान कोहली ६ रन बनाएर आउट भए।
उनलाई पेट कोमिन्सले दोस्रो स्लिपमा आफ्नो सिकार बनाए। उनले चौथो विकेटका लागि चेतेश्वर पुजारासँग मिलेर ३२ रनको साझेदारी गरे। कोहली अस्ट्रलियाविरुद्ध ४ टेस्टको शृंखलामा रन बनाउन चुकिरहेका छन्। उनी अगाडिको दुई टेस्टमा पनि छिट्टै आउट भएका थिए। २ टेस्टको ४ इनिङमा उनले ४० रन मात्र बनाएका थिए।
अस्ट्रेलियाले पहिलो इनिङमा ४ सय ५१ रन बनाउने क्रममा फिल्डिङ गरिरहेको बेला कोहली घाइते भएका थिए। उनको कुममा चोट लागेको थियो। उनको अनुपस्थितिमा मैदानमा अजिङ्क रहाणेले कप्तानी गरेका थिए।