म्यानचेस्टर सिटीले आफ्नो खेलाडीहरुलाई अनुशाषनमा राख्न नसकेको भन्दै इङ्लिस फुटबल संघ (एफए) ले स्पष्टीकरण सोधेको छ।
आइतबार राती लिभरपुलसँग १–१ गोलले बराबरी खेलमा सिटीका खेलाडीले आफ्नै घरेलु मैदानमा विपक्षी खेलाडी माथि दूब्यवहार गरेका थिए। जसलाई लिएर एफएले स्पष्टीकरण सोधेको हो।
खेलको ५० मिनेटमा गायल क्लिचीले खुट्टा उचालेर रोबेर्टो फिरमिनोलाई रोक्ने प्रयास गरेका थिए। यो काण्डमा रेफ्रिले क्लिचीलाई पहेँलो कार्ड प्रदान गर्दै लिभरपुललाई पेनाल्टी दिएका थिए। जसमा जेम्स मिल्नेरले गोल गर्दे अग्रता दिलाएका थिए।
सिटीका खेलाडीहरु अनावश्यकरुपमा आक्रामक बनेको र रेफ्रिसँग विवादमा अल्झेको कारणलाई मुख्य अभियोग मानिएको छ।
पछि सर्जियो अगुइरोले गोल गर्दै इतिहास रंगशालामा खेललाई बराबरीमा ल्याए। एफएले २३ मार्चसम्म सिटीलाई स्पष्टीकरण बुझाउन आदेश दिएको छ।