स्थानीय निकायको निर्वाचनका लागि सुनसरीमा एकसय ६५ मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्ला निर्वाचन कार्यालय सुनसरीले दिएको जानकारीअनुसार जिल्लामा एकसय ६५ वटा मतदान केन्द्र तोक्ने निर्णय गरेको हो।
चुनावको मिति नजिकिँदै जाँदा सुरक्षा व्यवस्था मजबुत बनाउने र सुरक्षाका दृष्टिले संवेदनशील हुनसक्ने स्थानको अध्ययन गरी निगरानी र सतर्कता बढाउने सन्दर्भमा समेत कार्यालय गम्भीर रहेको कार्यालयले जनाएको छ।
कार्यालयले दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँपालिका गरी जिल्लामा एकसय ६५ मतदान केन्द्र तोकेको जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी शान्तिबहादुर अधिकारीले जानकारी दिए। रासस