एसीसी इमर्जिङ कप क्रिकेट अन्तर्गत अन्तर्गत दोस्रो खेलमा आयोजक बंगलादेशले नेपाललाई २५८ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २५७ रन बनाएको हो।
पावरप्ले भित्रै महत्वपूर्ण चार विकेट गुमाएको बंगलादेशका लागि मोमिनुल हक र नासिर हुसेनले पारी सम्हाले। ७८ रनको साझेदारी गरेका हकलाई सन्दिप लामेछानेले ६१ रनमा आउट बनाएका थिए। त्यसपछि सम्मानजनक स्कोर बनाउन बंगलादेशका नासिले सतकीय पारी खेलेका थिए। उनले ११५ बल खेल्दै १०९ रन नटआउट बनाए।
नेपालका लागि सन्दिप लामिछाने र अभिनाश कर्णले ३-३ तथा मेहबुब आलम र कप्तान ज्ञानेन्द्र मल्ल, दीपेनद्र सिंह ऐरीले १-१ विकेट लिए।
यसअघि पहिले खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भइसकेको भने बंगलादेशले हङकङलाई ८ विकेटले हराइसकेको छ।