अस्ट्रेलियाका कप्तान स्टिभन स्मिथले भारतविरुद्धको चौथो टेस्टमा पराजय भोगेपछि भारतीय ब्याट्सम्यान मुरली विजयसँग माफी मागेका छन्।
अस्ट्रेलियाले चौथो टेस्ट आज ८ विकेटले गुमाइसकेको छ। भारतसँग ४ टेस्टको शृंखला २–१ ले गुमाएको भ्रमणकारी टोलीका कप्तान स्मिथले सोमबार मुरलीलाई जथाभावी गाली गरेका थिए।
हिजो तेस्रो दिनको खेलमा हेजलउडलाई क्याच गरेको अपिल मुरलीले गरेका थिए। जसलाई अम्पायरले नटआउट दिएका थिए। मुरलीको दावीबाट भड्किएका स्मिथले पवेलियनमा बसेर गाली गरेका थिए। उनले गरेको गाली भिडियोमा कैद भएको थियो।
आज खेल हारेपछि स्मिथले भावनामा बग्दा कहिले काही यस्तो घटना हुने बताउदै मुरलीसँग माफी मागेका थिए।