संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री दिलनाथ गिरी अस्वस्थ भइ अस्पताल भर्ना भएका छन्। बुधबार अपरान्ह मन्त्रालयको काममा सक्रिय रहिरहेकै बेला स्वास्थ्यमा समस्या देखापरेपछि उनी चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका हुन्।
मन्त्री गिरीलाई निमोनिया भएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् । मन्त्री गिरीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको जनाइएको छ । राप्रपाका नेता समेत रहेका मन्त्री गिरीको स्वास्थ्य अवस्थाका विषयमा उपप्रधान एवम् स्थानीय विकासमन्त्री कमल थापाले मंगलबार बिहान अस्पताल पुगेर जानकारी लिएका छन् ।