भारतले नेपाली सेनालाई ७ वटा घोडा उपहार दिएको छ। नेपाल भ्रमणमा रहेका भारतीय प्रधानसेनापति विपिन राउतले नेपाली सेनालाई ७ वटा घोडा उपहार दिएका हुन।
नेपाली समकक्षी राजेन्द्र क्षेत्रीसँग भेटघाट गरेपछि जङ्गी अड्डामा आयोजित एक विशेष कार्यक्रमबीच उनले विभिन्न प्रजातिका ७ वटा घोडा सेनालाई दिएका हुन। प्रधान सेनापति क्षेत्रीको औपचारिक निमन्त्रणामा चार दिने भ्रमणका क्रममा राउत हिजो काठमाडौं आएका हुन्।