बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले अहिले हङकङसँग खेलिरहेको छ। नेपालले टस जितेर हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको छ। दुबैले यसअघिका दुवै खेल गुमाएका थिए। त्यसैले दुबैका लागि आज प्रतिष्ठाका लागि मात्रै हो।
नेपाल पहिलो खेलमा पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग ६ विकेटले हारेको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ८३ रनले पराजित भएको थियो । यस्तै हङकङले बंगलादेशसँग ८ विकेट र पाकिस्तानसँग २८४ रनले पराजित भइसकेको छ। दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन्।
एक दिवसीय खेलमा नेपाल र हङकङको यो दशौं भेट हो । यसअघिका ९ खेलमा नेपालले ५ खेल जितेको छ भने चार खेलमा पराजित भएको थियो ।
एसियाली क्रिकेट परिषद एसिसीको आयोजनामा भइरहेको प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ वर्षमुनिका खेलाडीको सहभागिता छ ।