व्याचलर पढ्दै गरेकी २२ वर्षीया छोरीको विवाह गर्न करिव १५लाख खर्च लाग्ने भयो। फागुनको दोस्रो साता छोरीको विवाह हुने सल्लाह भइरहेकाले पक्कापक्कि गर्न अग्रिम ६ लाख केटा पक्षलाई बुझाउनु पर्ने भएको छ।
'उखुको पैसा आउन ढिलो हुने भयो, त्यसैले ऋण चाहियो' स्थानीय एक सहकारीमा मनहर्वा ५ का बनुलाल यादवले गुनासो गर्दै थिए।
तीनछोरी एकछोराका पिता बनुलाललाई छोरी राम्रै घरपरिवारमा पढेलेखेकै केटालाई दिने इच्छा छ। उनकी छोरी पनि पढ्दै छिन्। शिक्षित परिवारमा दिनपाए छोरीले सुःख पाउने आशमा रहेछन् बनुलाल।
दुलाहालाई सिबिजेड मोटरसाईकलसहित १२लाख दिनुपर्ने सहमति भएपछि उनमा चैन हराएको बताए। पढाउन लेखाउन उतिकै खर्च भयो। विवाह गर्न झन गारो पर्ने भयो। तीन तीनवटि छोरीको विवाह गर्नुपर्ने रहेछ यादवलाई।
छोरा जति शिक्षित भयो बुहारीसँगै दाईजो बढी आउँछ। छोरी जति शिक्षित भईन् ज्वाईलाई उतिनै बढि दाईजो दिनु पर्ने उनले सुनाए। त्यसै कारण पनि ऋण खोजेर भएपनि दाईजो दिनै पर्ने चलन भएकाले दिनुनै पर्ने उनले बताए। कहिले ऋण नलाग्नेलाई यसै बेला ऋणको भारी बोक्न पर्नेरहेछ।
माथिका कुरा यथार्थ प्रसङ्ग हो। तराई बासीहरुमा खुलमखुल्ला छोराछोरीको विवाहका लागि दाईजोको मेालमोलाईनै हुने गरेको छ।
न्यूनतम् १०हजारबाट ५०औं लाखको मोलाईमा विवाहवारी हुने गरेको छ।
सरकारले दाईजो दिनु र लिनु अपराध भएकाले कारबाही हुने कानुन बनाएको छ। तर पनि कारबाही गरेको कहिँकतै सुनिएको छैन। यो प्रथाको विरोधमा कयौं आन्दोलन भए महिला अधिकारकर्मिहरुले बारम्बार आवाज उठाईरहेका छन्।
तर पनि यो प्रथा घट्नु भन्दा बढेको बताउछन् अधिकारकर्मी विदुर खड्का।
सांस्कृतिक रुपमा राजनीतिक अगुवा समाजसेविहरुलेनै दाईजो प्रथा न्यूनिकरणमा सहयोग गर्नु पर्छ। कानुन मात्र भएर नहुने रहेछ त्यसको पालना गर्नु ठूलो कुरा भएकाले अब आम महिला नै यसको विरोधमा जाग्नु पर्ने खड्काको भनाई छ।
जतिसुकै विरोध भएपनि प्रथाले गहिरोसँग जरा गाडेको छ। दाईजोका कारण कयौ नारीहरुले अकालमा अफन्तबाटै मर्नु परिरहेको तितो यथार्थ सर्ब विधितनै छ। जब सम्म जनचेतनाको विकास हुँदैन।
कानुन कडाईका साथ लागू हुँदैन र स्वमं नयाँपिडिले विरोध गर्दैन तबसम्म यो प्रथाका कारण प्रत्येक छोरी भएका परिवारले ऋणको भार बोक्नु पर्ने बताउँछन् डुमरवाना उच्च माविका सामाजिक शिक्षक रोहित चौधरी।