‘गीत गजल’ सिनेमाले आफ्नो एक गीतबाहेक छायाँकन सकिएको जनाएको छ। सिनेमाले ३५ दिनमा एक गीतबाहेकको सम्पूर्ण छायाँकन सकेको हो ।
छायाँकन सकिएको घोषणासँगै निर्माण पक्षले सिनेमाका केहि तस्वीरहरू पनि सार्वजनिक गरेको छ।
निर्देशक नितिन चंन्दको निर्देशनमा बनिरहेको यस सिनेमाबाट रूप पोखरेल र आरोही सिंहले नेपाली रजतपटमा डेब्यू गर्दैछन्। ‘गीत गजल’लाई आरोहण क्षेत्रीले निर्माण गरेका हुन् ।
प्रेमकथा भन्ने यस सिनेमामा रुप र आरोहीका अलवा रश्मी भट्ट, विशाल पहाडी, भिमा मैनाली लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
गीत गजलमा कथा,पटकथा तथा संवाद अस्मीत पोखरेल, मुख्य सहायक निर्देशक सुदीप कुँवर, बाबु श्रेष्ठको छायाँकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ ।