भोलि शुक्रवारबाट रिलिज हुने सिनेमा ‘प्रसाद’ ले बुधवार काठमाडौंमा गरेको प्रिमियरमा सेलिब्रेटीहरूबाट तारिफ बटुलेको छ ।
प्रिमियरमा सिनेमा हेरेका सेलिब्रेटीहरूले सिनेमा मनपरेको प्रतिक्रिया दिए । दिनेश राउतको निर्देशनमा बनेको सिनेमामा विपिन कार्की, नम्रता श्रेष्ठ तथा निश्चल बस्नेत मूख्य भूमिकामा रहेका छन्।
प्रिमियरमा 'प्रसाद' युनिटका अधिकाशं उपस्थित रहेका थिए। सिनेमाका मूख्य अभिनेता विपिन कार्की भने खुट्टाको चोटका कारण उपस्थित थिएनन्।
यसैगरी नेपाल आइडलका 'टप फाइभ' प्रतिस्पर्धी पनि सिनेमा हेर्न पुगेका थिए ।
भुवन केसी, रेनाशा वान्तवा राई, हेमराज विसी, केशव भट्टराई, दीपेन्द्र के. खनाल, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरेलगायतले फिल्मले उठाएको विषयवस्तुको तारिफ गर्दै कलाकारको अभिनयको प्रशंसा गरे ।
सुभास थापाको निर्माणमा बनेको सिनेमालाई सुशिल पौडेलले लेखेका हुन्। सिनेमाले एक निःसन्तान दम्पतीको कथा भन्छ।
तस्विरहरूः बिनोद पोखरेल