पुस १६ गते अंग्रेजी नयाँ वर्ष २०१९ को पूर्वसन्ध्यामा आधा दर्जन राष्ट्रिय कलाकारहरुको मध्यपश्चिमको ठो शहर नेपालगञ्ज तताउने भएका छन्।
कार्यक्रममा युवा वर्गको ढुकढुकी तथा गायक राजेश पायल राई, कमल खत्री को साथै नेपाल आईडल सिजन १ का सुरज थापा र सुजाता पाण्डेले प्रस्तुती दिनेछन् । हाँस्य कलाकार सन्दिप क्षेत्रीले कार्यक्रममा दर्शकहरुलाई हसाँउनेछन् । कार्यक्रमलाई बरिष्ठ पत्रकार नरेश भट्टराईले संचालन गर्नेछन् ।
कार्यक्रममा आईटम नृत्यहरु पनि प्रस्तुत हुनेछन् ।
बलामी फिल्म ईन्टरटेन्टमेन्टले २०१९ भित्र देशैभर ६ ठाउँमा म्युजिक फेस्टिभल गर्ने योजना अन्तरगत नेपालगन्जबाट आफ्नो यात्रा सुरू गर्न लागेको हो।।
जस अन्तर्गत नेपालगञ्जको शारदा ईभेन्ट र नमस्ते रिसोर्टको सहकार्यमा नेपालगञ्जमा अंग्रेजी नयाँ वर्षको छेको पारेर म्युजिक फेटिभलको पहिलो आयोजना गर्न लागिएको आयोजक समीर बलामीले बताएका छन् । नेपालगञ्ज र कोहलपुरको बिच गनापुरमा रहेको नमस्ते रिसोर्टमा न्यु ईयर ईभ सहितको म्युजिक फेस्टिभल हुने भएको हो ।
मध्य पश्चिममा यो अहिले सम्मकै ठुलो म्युजिक फेस्टिभल भएको स्थानिय आयोजक शारदा ईभेन्टसका रोनिश गौतमले बताएका छन् ।
अहिले प्रचार प्रसारको काम तिब्र रुपमा शुरु भएको बताईएको छ । कार्यक्रमको लागी १५ बर्ष देखी ६० बर्ष सम्मका दर्शकहरुलाई लक्षित गरिएको आयोजकले जनाएको छ । कम्तीमा ७ हजारदेखि १० हजार दर्शकको लक्ष्य राखिएको कार्यक्रमले नेपालगञ्जका सबै कलेजहरुमा क्याम्पेन शुरु गरिएको छ ।
नेपालगञ्ज र कोहलपुरको पर्यटन प्रवद्र्धनका लागि पनि यो कार्यक्रमले प्रत्यक्ष भुमिका खेल्ने आयोजकको भनाइ छ ।
कार्यक्रममा दर्शकको लागि ५ सय र १ हजारको टिकट ब्यबस्था गरिएको छ । भिआईपि दर्शकको लागि भने २ हजार कायम गरिएको छ ।