सामाजिक विषयमा आधारित 'कोपिला'को शुभ मुहुर्त गरिएको छ । 'पञ्चायत' फेम शिवम अधिकारीको लेखन तथा निर्देशनमा बन्ने सिनेमाको आइतबार चितवनको हाकिमचोकमा रहेको मालिका मन्दिरमा मुहुर्त गरिएको हो ।
शुभ मुहुर्त सर्टको वरिष्ठ सिनेमा कर्मी ऋद्दीचरण श्रेष्ठले निर्देशन गरेका थिए भने उद्धयोग वाणिज्य संघ चितवनका अध्यक्ष प्रधानले क्ल्याप दिएका थिए। समाजसेवी गेरेन्द्र मानन्धरले नरिवल फुटाई मुहुर्त गरे।
कार्यक्रममा सिनेमाका कलाकारहरु सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलले मुहुर्त सट दिएका थिए ।
मुहुर्त कार्यक्रममा बोल्दै उद्धयोग वाणिज्य संघ चितवनका अध्यक्ष प्रधानले कोपिलालाई सफलताको शुभकामना दिए।
निर्देशक तथा लेखक शिवम अधिकारीले 'कोपिला' सिनेमा नेपाली समाजमा घट्ने घट्नामा आधारित सिनेमा रहेको बताए।
सिनेमाका प्रस्तुतकर्ता गणेश गिरीले यस अघि निर्माण गरेको 'पञ्चायत' जस्तै 'कोपिला' पनि सामाजिक कथा बस्तुमा आधारित रहेको बताएका थिए।
गणेश गिरीको प्रस्तुति रहेको सिनेमामा पत्रकार मणिराज गौतम र चितवनका युवा व्यवसायी करुणकर घिमिरेको लगानी रहेको छ भने सुबास काफ्ले कार्यकारी निर्माता रहेका छन् ।
सिनेमामा समिर मिया,रामेश्वर कार्की सह निर्माताको रुपमा रहेका छन ।
'कोपिला'मा सरिता गिरी, गणेश गिरी, सन्जीवनी खरेल, ऋद्दीचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, प्रक्रिती खरेल, राखी क्षेत्री लगायतको अभिनय रहने बताईएको छ ।
सिनेमामा रमेश्वर कार्कीको छाँयाकन, समिर मियाको सम्पादन र दिपक शर्माको संगीत रहने छ ।