‘गरुड पुराण’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै चलचित्रको ट्रेलर रिलिज गरिएको हो। ट्रेलरले सिनेमा कमेडी प्रधान हुने देखाएको छ।
अजित फिल्मस्को प्रस्तुति र अशोक गौतम फिल्मस् ब्यानरको संयुक्त निर्माण रहेको यो चलचित्रमा कर्मा शाक्य, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, कामेश्वर चौरासिया, प्रविन खतिवडा, प्रकाश घिमिरे, रश्मी भट्ट, लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय रहेको छ ।
सुभाष कोइरालाको निर्देशन रहेको चलचित्रको कथा कसम नेपालले लेखेका हुन्। सिनेमाको पटकथा निर्देशक कोइराला सहित बिनोद खतिवडा र आकाश बरालले लेखेका हुन् । आकाश बरालको संवाद रहेको सिनेमा माघ ४ गते रिलिज हुनेछ ।