अभिनेत्री प्रियंका कार्कीको आफ्नै स्वरमा सिनेमा ‘अनागत’को पहिलो गीत सार्वजनिक भएको छ । ‘हुँदैछ के…..’ बोलको गीतमा अभिनेत्री कार्कीले आफ्नो लागि आफ्नै स्वरमा पार्श्व गायन गरेकी हुन्।
उनलाई पुरूष स्वरमा सुरज शाही ठकुरीले साथ दिएका छन्।
गीतमा पनि ठकुरीको संगीत रहेको छ भने शब्दमा उनले निर्देशक साम्तेन भुटियासँग सहकार्य गरेका छन्।
सार्वजनिक गीतको भिडियोमा प्रियंकासँग अभिनेता अपर्ण थापा फिचर्ड छन् । सिनेमाको सार्वजनिक गीतमा श्रीमान-श्रीमती बिच घर व्यवहारमा उब्जिने मानसीक द्धन्द्वलाई देखाइएको छ ।
माघ १९ गते रिलिज हुने सिनेमाका सस्पेन्स थ्रिलर कथामा निर्माण भएको छ। सिनेमामा अर्पण र प्रियंकाका अलवा प्रविण खतिवडा र रोशिन सुवेदी मुख्य भूमिकामा छन् । माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा सिनेमा निर्माण गरिएको हो ।
सिनेमामा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व। निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयं निर्माता रहेका छन् । सिनेमालाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र साम्तेन भुटियाले पटकथाको स्वरूप दिएका हुन् ।