अर्पण थापाको निर्देशनमा हरर सिनेमा ‘घर’को निर्माण घोषणा गरिएको छ । पूर्णतया हरर कथामा निर्माण हुने सिनेमाको काठमाडौमा एक कार्यक्रको आयोजना गरि सिनेमाको घोषणा गरिएको हो ।
सिनेमा माघबाट फ्लोरमा जाने जानकारी कार्यक्रममा दिइयो।। सिनेमालाई डीएस डिजिटलको ब्यानरमा निर्माण गर्न लागिएको हो । शर्मिला पाण्डे प्रस्तुतकर्ता रहेको सिनेमामा सुरज पाण्डे र निर्देशन दिपेन्द्र के खनालको लगानी रहने छ ।
कार्यक्रममा बोल्दै निर्देशक थापाले आफ्नो सिनेमाले दर्शकलाई तर्साउने दाबी गरे।
स्मरणिय रहोस् थापा निर्देशित हरर सिनेमा 'सुनकेशरी' यसै वर्ष रिलिज भएको थियो जसले तर्साउने भन्दा पनि हसाएको प्रतिक्रिया पाएको थियो। यसै थापाका लागि यस सिनेमा थप चुनौती हुनेछ।
सिनेमाका लागि २ नायिकाको खोजी भैरहेको निर्माणपक्षले बताएको छ । सिनेमामा निर्देशक थापाको पनि अभिनय रहनेछ।
त्यस्तै कार्यक्रममा बोल्दै डीएस इन्टरटेन्मेन्टका सदस्य दीपेन्द्र के खनालले कथावस्तु राम्रो रहेकाले पनि लगानी गर्न लागेको बताएका थिए ।
सिनेमाले एउटा ‘घर’ भित्र हुने घटनालाई सिनेमाले सस्पेन्स पारामा प्रस्तुत गर्नेछ । थापाले नै सिनेमाको कथा लेखेका हुन् ।