‘सयकडा दश’को ट्रेलर सार्वजनिक गरिएको छ ।
माघ १८ गते रिलिज हुने सिनेमाको आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरले सिनेमा भ्रष्टाचार पारिवारिक कथामा बनेको देखाएको छ। सिनेमामा मनोज गजुरेल, राजाराम पौडेल, रश्मी भट्ट, अमृत ढुगांना, करुणा श्रेष्ठ, सोनिया राई, उसब न्यौपाने, अमित पोखरेल, रवि डंगोल आदिको अभिनय रहेको छ।
सिनेमामा 'प्रेमगीत २' फेम रामशरण पाठकको लेखन तथा निर्देशन रहेको छ ।
‘सयकडा दश’मा रज्जु प्रधानको कथा, निर्देशक रामशरण पाठकको पटकथा तथा संवाद, कल्याण सिंह र जुगोल डंगोको संगीत, रामश्वर कार्कीको छायांकन, दीलिप ओखेडाको कोरियोग्राफी, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।