'रणवीर’ले आफ्नो एक्सनमय ट्रेलर रिलिज गरेको छ। शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै सिनेमाले आफ्नो ट्रेलर रिलिज गरेको हो।
माघ १८ गते रिलिज हुने सिनेमाको सार्वजनिक गरिएको ३ मिनेट १६ सेकेन्ड लामो ट्रेलरले सिनेमाको कथा पारिवारिक लडाईं, प्रेम र बदलाको वरीपरी रहेको देखाएको छ।
ट्रेलरले सिनेमामा दक्षिण भारतिय सिनेमाको फ्लेवरमा आफ्नो एक्सन रहेको पनि देखाएको छ। सिनेमामा प्रशान्त ताम्राकार, सिशिल सिटौला, शुभेक्षा खड्का, सुपुष्पा भट्ट, टिका पहारी,हरिहर शर्मा, रवी गिरी आदिको प्रमुख भूमिका रहेको छ।
सिनेमालाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् ।
सिनेमामा गोमा थापा बिष्ट र दिपेन्द्र रेग्मीको लगानी रहेको छ । आफ्नो टिमले रणवीरलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको निर्माता दिपेन्द्र रेग्मीले बताए ।
सिनेमा निर्देशक भण्डारीको कथा, पटकथा तथा संवाद, राजनराज सिवाकोटी, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत, चन्द्र पन्तको द्धन्द्व, महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन रहेको छ ।