काली प्रसाद बाँस्कोटाको शब्द, सङ्गीत र आवाज रहेको गीत ‘इन्स्टाको फोटो’ सार्वजनिक भएको छ।
‘जी २१ डिजिटल' को अफिसियल यु-ट्यूब च्यानल मार्फत उक्त गीत सार्वजनिक भएको हो।
सार्वजनिक गीतमा नायक आसिफ शाहको साथमा पछिल्लो समय टिकटकबाट निकै मन पराइएकी रेश्मा घिमिरेलाई पनि देख्न सकिन्छ।
हरि हुमागाईँले खिचेको म्युजिक भिडियोलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् भने राजेन्द्र मोक्तानले कलर र राजेश शाहले भिएफएक्सको काम गरेका छन्। भिडियोलाई आसिम शाहले निर्देशन गरेका हुन्।
‘नेपाली गीत सङ्गीतको बजार पनि फराकिलो भइरहेको र जी २१ डिजिटल मार्फत स्तरीय सङ्गीतलाई प्रोत्साहन गर्ने हेतुले आफूहरू म्युजिक भिडियोतर्फ पनि केन्द्रित भएको निर्देशक असिम शाहले बताए।
यसअघि ‘जी २१ डिजिटल’ मार्फत सार्वजनिक गीत ‘नाच फिरिरि’ ले पनि विभिन्न रेकर्ड राख्न सफल भइसकेको छ।