माघ १८ गतेको रिलिज मिति नजिकिदैं गर्दा ‘सयकडा दश’ले दोस्रो गीत सार्वजनिक गरिएको छ ।
सिनेमाको ‘पिरतीको गाउँ…’ बोलको गीत सोमबार युट्युबबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा सिनेमाका मुख्य कलाकार अमृत ढुगांना, करुणा श्रेष्ठ र उत्तम न्यौपानेले अभिनय गरेका छन् । गीतमा दुई युवाले एउटै केटीलाई मन पराएको देख्न सकिन्छ ।
कल्याण सिंकको संगीत रहेको सार्वजनिक गीतमा रवि मल्लको शब्द तथा स्वप्न सुमन र त्रिशला गुरुङको स्वर छ । गीतका कोरोयोग्राफर दिलिप ओखेडा हुन् ।
ष्टाचार विरुद्धको प्रेमकथा बुनिएको सिनेमालाई ‘प्रेमगीत २’ फेम्ड निर्देशक रामशरण पाठकले निर्देशक गरेका हुन् ।
रज्जु प्रधानको प्रस्तुतीमा निर्माण भएको सिनेमाबाट बरिष्ठ हाँस्य कलाकार मनोज गजुरेल, करुणा श्रेष्ठ, सोनिया राई, उत्तम न्यौपाने लगायतका कलाकारले डेब्यु गर्दैछन् । ‘सयकडा दश’ अमृत ढुगांनाका अलवा राजराम पौडेल, अमित पोखरेल, रवि डंगोल, रश्मी भट्ट, एनबी गुरुङ, टंकराज आचार्य, प्रसिद्ध थापा, मानश्वी निरौला लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
‘सयकडा दश’मा रज्जु प्रधानको कथा, निर्देशक रामशरण पाठकको पटकथा तथा संवाद, कल्याण सिंह र जुगोल डंगोलको संगीत, रामेश्वर कार्कीको छायांकन, बनिष शाह र भुपेन्द्र अधिकारको सम्पादन रहेको छ ।