सिनेमा ‘कोपिला’को सोमबार इन्डक्ल्याप भएको छ । कन्चनपुरकी १३ बर्षीय बालिका निर्माला पन्तको बलात्कार पछि हत्या भएको कथामा सिनेमा ‘कोपिला’ निर्माण गरिएको निर्देशक शिवम् अधिकारीले बताए ।
घटनाको दोषी पत्तालगाउन नसकेको भन्दै सुरक्षा निकाय र सरकारको व्यापक आलोचना भईरहेको छ । हत्याकाण्डले दिनप्रतिदिन नयाँ मोड लिइरहेको समाचारहरु संचारमाध्यामहरुमा आईरहेकाछन् । यिनै घटनाहरुलाई समेटेर 'कोपिला'को निर्माण गरिएको निर्माणपक्षले जनाएको छ ।
शिवम अधिकारीको लेखन रहेको सिनेमा करीब ८० लाख रुपैयाको लागतमा निर्माण भएको सिनेमा हो।
सिनेमा ‘कोपीला’ले निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोबैज्ञानिक परिस्थिति समाबेश छ ।
सिनेमाको मुख्य पात्र निर्माला अर्थात ‘कोपीला’को भुमिकामा संजीवनी खरेलले अभिनय गरेकी छन्। सिनेमालाई संचारकर्मी मणिराज गौतम र करुणाकर घिमिरेले मिलेर निर्माण गरेका हुन् ।
‘कोपिला’मा सरिता गिरी, गणेश गिरी, ऋद्धीचरण श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेल लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।