शिल्पा मास्के तथा आयुष्मान देशराज जोशीलाई जोडी बनाएर ‘सानो मन’ सिनेमा निर्माणको घोषणा भएको छ।
सांगीतिक प्रेमकथा कथामा निर्माण हुने सिनेमाको आगामी माघ ७ गतेबाट छायांकन सुरु हुँदैछ । सिनेमालाई सुयोग गुरूङले निर्देशन गर्नेछन्।
कार्यक्रममा आयुष्मानले ’सानो मन’ सिनेमा आफूले धेरै अगाडि साइन गरेको बताए । शिल्पाले पनि दुई वर्ष अगाडि आफू लण्डनमा हुँदा सिनेमाको कथा सुनेको खुलासा गरिन् ।
काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने सिनेमामा योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धरको लगानी रहने छ । ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमामा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि अभिनय रहने छ ।
सिनेमामा समिर सुनवार र निर्देशक गुरुङको लेखन रहेको छ। आलोक शुक्लाले छायांकन गर्ने सिनेमामा साजन सिंहको कोरियोग्राफी रहनेछ । कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका ’पर्सनल ट्रेनर’ हुन् । सिनेमामा सुयोग सोताङले संगीत तयार पारेका छन् ।
निर्देशक गुरुङले ‘सानो मन’ आफ्नो ड्रिम प्रोजेक्ट भएको बताए ।
'करिब २ वर्ष अगाडिको प्रोजेक्ट हो यो । तर, कहिले काहिँ आफैंलाई केही कुरामा चित्त नबुझ्दो रहेछ । यसैले केही समय लाग्यो,' उनले भने