एक्सन-लभस्टोरी फिल्म ‘रणवीर’ले आफ्नो नयाँ गीत रिलिज गरेको छ। माघ १८ गते रिलिज हुने सिनेमाले 'मान्न चाहन्न' बोलको सेन्टिमेन्टल गीत रिलिज गरेको हो।
गीतमा सुशिल सिटौला एवम डेब्यू अभिनेत्री सुपिष्पा भट्ट फिचर भएका छन्। हर्कुलस बस्नेत र प्रविशा अधिकारीको स्वर रहेको ‘मान्न चाहन्नँ...’मा शब्द तथा संगीत हर्कुलसको हो।
सिनेमामा सुशील र सुपुष्पाका अलावा प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, वि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी, भोलाराज सापकोटालगायतका कलाकारको पनि अभिनय रहेको छ ।
‘रणवीर’ मा कथा, पटकथा, संवाद निर्देशक गोविन्द सिंह भण्डारीको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन र चन्द्र पन्तको द्वन्द्व छ । महँगो बजेटमा तयार भएको फिल्मलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् ।
फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।