कलाकार गणेश न्यौपाने ‘मुनाल’को आज निधन भएको छ।
दमका रोगी ६८ वर्षीय मुनालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार निर्मल शर्माले जानकारी दिए।
मुनालले प्रेमयुद्ध, दिदीबहिनी, मिस्टर डन, सेतो बाघलगायत चलचित्र तथा ‘तितो सत्य’लगायतका टेलिश्रृङ्खलामा अभिनय गरेका थिए।
मुनालको आजै अन्तिम संस्कार गरिने भएको छ। उनको पार्थिव शरीर पशुपति आर्यघाटमा श्रद्धाञ्जलीका लागि राखिने शर्माले जानकारी दिए। मुनाल काठमाडौंको महांकालका स्थायी बासिन्दा थिए।