सिनेमा ‘दि ब्रेकअप’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक विशेष कार्यक्रम बिच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।
वर्तमान युवापुस्ताको आधुनिक प्रेमकथा बोकेको सिनेमाको ट्रेलरमा सिनेमाका मुख्य कलाकार आशिरमान देशराज र शिल्पा मास्केबिचको प्रेम र झगडालाई देखाइएको छ ।
हेमराज बिसी सिनेमाका निर्देशक हुन्। सिनेमामा कथा र पटकथा दुबै निर्देशक बिसीले नै लेखेका हुन् ।
सिनेमा फागुन १७ मा रिलिज हुनेछ।
सिनेमामा आशिरमान र शिल्पाको अलावा रेमनदास श्रेष्ठ, इच्छा कार्की र सरोज खनालको मुख्य भूमिका रहेको छ । सिनेमामा छायाङ्कन नरेन्द्र मैनालीको रहेको छ भने सम्पादन सुरेन्द्र पौडेलको रहेको छ ।
सिनेमालाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त रूपमा निर्माण गरेका छन् ।