पश्चिमेली लोक दोहोरी भाका कौडामा नवीनबाबु गुरुङको ‘विरहले’ बोलको लिरिकल भिडियो सार्वजनिक गरेका छन्।
लामो समयदेखि फोटो पत्रकारिता गरिरहेका गुरुङले कौडालाई ‘रक’ शैलीमा प्रस्तुत गरेका छन्।
कौडा मगर, गुरुङ र दुरा जातीमा प्रचलित छ। यसमा श्री कृष्णचरित्र र रामायणका गीतहरू गाइन्थ्यो।
हाल माया पिरतीका गीत बढी लोकप्रिय छन्। नवीनको गीतमा पनि त्यसैको प्रभाव झल्किन्छ। यो गीतलाई नवीन आफैंले शब्द दिएका हुन्।
गीतमा किसन गुरुङले संगीत भरेका छन् भने साहस शाक्यले संगीत संयोजन गरेका छन्। नवीनकै युट्युब च्यानल ‘स्ट्रिट नेपाल’ बाट गीत सार्वजनिक गरिएको छ।