अभिनेत्री झरना थापा तथा निर्माता सुनिल कुमार थापाकी छोरी सुहाना थापाको डेब्यू सिनेमा 'ए मेरो हजुर ३'को रोमान्टिक टिजर सार्वजनिक भएको छ।
टिजरमा सुहानालाई युवास्टार अनमोल केसीसँग रोमान्टिक अवतारमा देख्न सकिन्छ। सिनेमालाई झरना थापाले निर्देशन हुन्। सिनेमा चैत २९ गते रिलिज हुनेछ।
सिनेमामा सुहाना तथा अनमोलको साथ सरोज खनाल, अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रक्षा गौतम, रियर राई आदिको अभिनय रहेको छ।
सुमन पौडेल तथा निर्देशक थापाको कथा रहेको सिनेमामा सञ्जय लामाको छायाँकन, आशिष अविरल, कोशीस क्षेत्री, प्रतिक पौडेल र कल्याण सिंहको संगीत, कविराज गहतराज, रामजी लामिछाने, प्रविण सिंह र राहुल शाहको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन रहेको छ ।