रणविर सिहं तथा आलिया भट स्टारर 'गली व्वाई'ले वक्सअफिसमा शानदार कमाइ गरेको छ। सिनेमाले रिलिजको तीन दिनमा ५१ करोड भारूको कमाइ गरेको छ। सिनेमाले रिलिजको तेश्रो दिन शनिबार व्यापारमा ४५ % को बढोत्तरी गरेको भारतिय संचारमाध्यमले जनाएका छन्।
शनिबार करिब १८.६५ करोड भारू कमाइ गरेको उनीहरूले उल्लेख गरेका छन्। भ्यालेन्टाइन डे को दिन रिलिज भएको सिनेमाले सो दिन १९.४० करोड भारू करोड कमाइ गरेको थियो भने शुक्रबारको कमाइ पहिलो दिनको तुलनामा खस्केको थियो। शुक्रबार उसको कमाइ १३ करोड भारू थियो।
कमाइका हिसाबले 'गल्ली व्वाई' रणविरको 'सिम्बा'पछि सर्वाधिक सुरूवाती कमाइ गर्ने दोश्रो सिनेमा बनेको छ। सिम्बाले पहिलो दिन २० करोड भारू कमाइ गरेको थियो।