मनोज पंडित निर्देशित 'खाग'को ट्रेलर रिलिज भएको छ। सिनेमा कमलजंग कुवंर लिखित 'गैंडालाई चार वर्ष' नामक पुस्तकमाथि आधारित रहेको छ।
प्रविण खतिवडा प्रमुख भूमिका रहेको सिनेमामा निर्देशक पण्डित, पुस्कर गुरुङ, अशान्त शर्माको आदिको अभिनय रहेको छ।
निर्देशक पंडितले सिनेमाले किताबलाई न्याय गरेको बताउँदै सिनेमाले एउटा व्यक्तिको संघर्षको कथा दर्शकले हेर्न पाउने बताए।
’यस सिनेमामा स्टार कलाकार छैनन्, तर कन्टेन्टमाथि हामी विश्वस्त छौं’, उनले अगाडि भने ’सामान्य कथा छ र त्यसलाई सरल ढंगबाट पस्केको छु ।’
यसैगरी सिनेमाले इ-सेवासँको सहकार्यमा ’रिभ्यू कन्टेस्ट’ पनि घोषणा गरेको छ । सिनेमा हेरेर फागुन २४ गतेदेखि २७ गतेसम्म सिनेमाको रिभ्यू लेखेर पठाउने मध्येबाट प्रथमलाई १० हजार, दोस्रोलाई ५ हजार र तेस्रोलाई २५ सय प्रदान गरिनेछ ।
दीपक बज्रचार्यको छायांकन रहेको सिनेमालाई पदम तिमल्सिनाले सम्पादन गरेका हुन् । सिनेमालाई प्रमिला कुँवरले निर्माण गरेकी हुन् ।
ट्रेलरसँगै सिनेमाको फस्टलुक पोस्टर पनि सार्वजनिक भएको छ। सिनेमा फागुन २४ मा रिलिज हुनेछ।