गायिका मेलिना राईद्वारा स्वरबद्ध गीत सिन्दुरको भिडियो सार्वजनिक गरिएको छ।
गीतमा बेल्जियम निवासी दिनेश पोखरेलको शब्द रहेको छ । दुई दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय गैरे सुरेशद्वारा संगीतबद्ध गीतको भिडियोमा बिनोद न्यौपाने र सम्पदा बाँनियाको फिचर्ड छ।
गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ। गीतको भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका छन्। विकास दाहालले सम्पादन गरेको गीतको भिडियोको निर्देशन युवराज वाइवाले गरेका छन्। हिजो युट्युबबाट सार्वजनिक गीतमा विधवा महिलाको बेदना समेटिएको छ।