कवि तथा निवन्धकार भिष्म उप्रेतीको निवन्ध संग्रह तपाईंको पहाड कहाँ हो? को लोर्कापण काठमाडौं डिल्लीबजारमा सम्पन्न भयो।
निवन्धकार रोशन शेरचन, गोविन्द गिरी प्रेरणा डा. गितात्रिपाटी र लेखक स्वयमले पुस्तकको लोकार्पण गरे।
पुस्तकमाथि बोल्दै निबन्धकार रोशन शेरचनले निबन्धमा भाषा प्राजल रहेको र आफूलाई निबन्ध मन परेको बताए। अब आग्रजहरू मात्र नभई समकालिन व्यक्तित्व को बारेमा पनि लेख्नुपर्ने बताए।
अर्को वक्ता गोविन्द गिरी प्रेरणाले पुस्तकमा व्यक्तिपरक निबन्ध आफूलाई मनपरेको बताए। अर्को वक्ता डा. गिता त्रिपाटीले समकालिन निवन्धमा भिष्म उप्रेतीका निबन्ध अवल्ल रहेको र उनले निबन्धलाई कवितात्मकम बनाउनु भएको बताए।
पुस्तकको बारेमा वोल्दै लेखकले आफू कविता लेख्ने भएको र निवन्ध पनि कवितात्मक भएको बताए। आफू अझै साहित्य लेखनमा सक्रिय भएको हुँदा थप पुस्तक लेख्ने पनि बताए।
कार्यक्रम सञ्चालन कवि मणि लोहनीले गरेका थिए। उक्त पुस्तक शिखा वुक्सले प्रकाशन गरेको हो जसको मूल्य दुई सय पचास रुपैयाँ रहेको छ।