१२ वर्ष अगाडी निर्माण भएको सुपरहिट सिनेमा ‘खल-नायक’को सिक्वेल निर्माण हुने भएको छ ।
बिहिबार निर्माता तथा कलाकार राणाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सिनेमा निर्माणको घोषणा गरेका हुन् । सुपरहिट सिनेमा खलनायकका कथा तथा पटकथाकार मौनता श्रेष्ठले नै 'खलनायक २' को स्कृप्ट लेखिरहेका छन् ।
‘खल-नायक’मा महानायक राजेश हमाल, एक्सन स्टार निखिल उप्रेती, विराज भट्ट र अभिनेत्री झरना थापाको मुख्य भुमिका रहेको थियो ।
निर्माता राणाले ‘खल-नायक २’ बिल्कुलै नयाँ कथामा निर्माण हुने बताएका छन् । सिनेमालाई 'रणवीर' निर्देशक गोविन्द सिंह भण्डारीको निर्देशन गर्नेछन्।
यस्तै कलाकार पनि नयाँ नै हुने सिनेमाको छायाँकन श्रावणबाट गर्ने तयारीमा निर्माणपक्ष रहेको छ। सिनेमामा एन वि महर्जनको द्धन्द्व निर्देशन रहनेछ ।