दिपेन्द्र के खनालले नयाँ सिनेमा ‘आमा’को घोषणा गरेका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका विच सिनेमा निर्माण घोषणा गरिएको हो ।
सिनेमाको कथा, पटकथा तथा संवाद आफैले लेखेका निर्देशक खनाल सिनेमापनि आफैंले खिच्नेछन्। यसअघि दिपेन्दले ’धनपति’ पनि आफैंले छायाँकन गरेका थिए ।
‘आमा’ सिनेमाले एक आमा र छोरीको सम्बन्धको कथा पेस गर्नेछ। सिनेमालाई डिएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गर्दैछिन् ।
काठमाडौं र रामेछापमा छायांकन हुने सिनेमाको सह-निर्माता सन्तोष अधिकारी हुन् । सिनेमामा आमाको शीर्ष भूमिकामा सुर्यमाला खनालले अभिनय गर्नेछिन् । त्यस्तै छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्त रहनेछिन।
यी दुईका अलावा सिनेमामा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको लगायतका कलाकार पनि अभिनय रहने छ ।
सिनेमाको असार दोश्रो साताबाट फ्लोरमा जानेछ । निर्माणपक्षले सिनेमा फागुन ९ गते रिलिज गर्ने घोषणा गरेको छ। निर्देशक खनालले दर्शक र समीक्षक दुबैलाई मनपर्ने सिनेमा निर्माण गर्ने प्रतिवद्धता घोषणा कार्यक्रममा व्यक्त गरे ।
निर्देशक खनालका अनुसार आमा यसअघि बनेका सिनेमा भन्दा फरक कथामा निर्माण गर्न लागेको खुलाए ।