दयाहाङ राई स्टारर सिनेमा ‘आप्पा’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ
बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको सिनेमालाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । यो अनमोलको डेब्यु निर्देशकिय सिनेमा हो ।
अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् ।
‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी छ । सिनेमा आगामी असार १३ गतेबाट नेपाल तथा भारतमा एकसाथ रिलिज हुनेछ।
सिनेमामा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलावा वरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ ।
‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।