नेपालका विभिन्न लोककलासँग सम्बन्धित चित्रहरूको पाँच दिवसीय प्रदर्शनी काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्रदर्शनी हलमा शुक्रबार सुरु भएको छ।
प्रतिष्ठानको लोककला विभागले आयोजना गरेको प्रदर्शनीको उद्घाटन एक समारोहका बीच प्रतिष्ठानका कुलपति केके कर्माचार्यले गरे।
त्यस अवसरमा कुलपति कर्माचार्यले आजका सबै कलाको जननी लोककला भएकोले यस्ता कार्यशाला र प्रदर्शनीमार्फत् लोककलाको संरक्षण र विकास गरिने बताए।
प्रदर्शनीमा जम्मा ८२ वटा कला चित्र राखिएको छ भने उक्त प्रदर्शनी असार १७ गतेसम्म संचालन हुने छ।
विभाग प्रमुख मिथिला देवी यादवका अनुसार लोककला विभागले गत माघमा सप्तरी, फागुनमा दाङ र जेठमा काठमाडौंमा छुट्टाछुट्टै कार्यशाला सञ्चालन गरेको र ती कार्यशालामा र्सिजना गरिएका कलाकृतिहरु प्रदर्शनीमा राखिएको हो।
ती कार्यशालामा मिथिला, नेवार, थारु, अवधी, राजवंशी, मगर, किरात र तामाङ लोककलाका चित्रकारहरु सहभागी भएका यादवले बताइन्।