युवा लेखक प्रयास दुमी राईको पहिलो उपन्यास 'प्राञ्जल' सार्वजनिक भएको छ। गत शुक्रबार उपन्यास 'प्राञ्जल'लाई बुलबुल पब्लिकेशनले बजारमा ल्याएको हो।
मूलबाटो प्रतिष्ठानको आयोजनामा भएकाे किताब विमाेचनमा सम्पन्न कार्यक्रममा सँस्थाकी अध्यक्ष प्रगति राई, कवि स्वप्निल स्मृति र युवा अध्येता प्रभात राई वक्ताको रुपमा उपस्थित थिए।
कार्यक्रममा बोल्दै आयोजक सँस्थाकी अध्यक्ष प्रगति राईले युवाहरुलाई साहित्यमा आकर्षित गराउने उद्धेश्य राखेर उनको सँस्थाले उक्त विमोचन गरेको बताइन्।
कवि स्वप्निल स्मृतिले विश्वका महान् व्यक्तिहरुले युवावस्थामा आविष्कार र सिद्धान्तहरु प्रतिपादन गरेको र प्रयास दुमी राईको पनि साहित्यमा त्यस्तो सम्भावना रहेको बताए।
युवा वक्ता प्रभात राईले आख्यानमा प्रयासको कवितात्मक शैलीको खुलेर तारिफ गरेका थिए। कार्यक्रममा बोल्ने क्रममा लेखक प्रयास आफ्ना सहयोगी अभिभावकहरु सम्झेर भावुक भएका थिए।